बाह्र वर्षमा पनि बनेन गण्डक विद्युतको टरवाईन




गोपी ज्ञवाली –

भनिन्छ बाह्र बर्षमा खोला पनि फर्कन्छ तर, पश्चिम नवलपरासीको सूर्यपुरा स्थित गण्डक जलविद्युत केन्द्रका दुई टरवाईन विग्रिएको १२ वर्ष पुग्दा समेत टरवाईन मर्मत हुन सकेको छैन ।




दैनिक १५ मेगावाट विद्युत उत्पादनको क्षमता भएको गण्डक जलविद्युत गृहमा रहेका तीन वटा टरवाईन (युनिट) मध्ये दुई वटा टरवाईन विग्रिएको वषौं हुँदा समेत मर्मत नहुँदा एउटा युनिट मात्र संचालनमा आउन सकेको छ ।

तराई क्षेत्रमा रहेको एक मात्र नमुना विद्युत गृहको २ वटा टरवाईन वर्षौदेखि बिग्रीएर एउटा मात्र टरवाईनको भरमा विद्युत गृह सचालनमा रहेको गण्डक जलविद्युत गृहका प्रमुख सुनिल कुमार चर्तुवेदीले बताए । उनले टरवाइन मर्मतका लागि केन्द्रलाई जानकारी गराएको बताए ।

टरवाईन नम्बर एक (युनिट एक) को जेनेरेटर जले पछि पछिल्लो १२ वर्षदेखि विग्रिएर थन्किएको छ भने टरवाईन (युनिट) नम्बर ३ को ब्यारिङमा समस्या आए पछि पछिल्लो पांच वर्षदेखि थन्काएर राखिएको छ । यसरी दुवै टरवाईनको अभावमा अहिले एउटा मात्र टर्वाईन (युनिट नम्बर दुई) को बलमा जल विद्युत केन्द्र संचालनमा रहेको छ ।

एउटा मात्र टरवाइन सञ्चालनमा आउँदा ३ देखि साढे ३ मेघावाट मात्र विद्युत नियमित उत्पादन हुने गरेको छ ।
कुनै कारणबस यो टरवाईनमा समस्या आएको खण्डमा यो विद्युत गृह बन्द हुने छ ।

२०१६ सालमा गण्डक सम्झौता अनुसार नवलपरासीमा नियमित १५ मेगावाट विद्युत उत्पादन गर्ने गण्डक जलविद्युत केन्द्र स्थापना गरी भारतले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो ।

 



सम्बन्धित
Loading...