समस्यामा आधारित अभिभावकहरुसंग अन्तक्रिया कार्यक्रम





नवलपरासी ५ बैशाख । पश्चिम नवलपरासीको सरावल गाउपालिकामा समस्यामा आधारित अभिभावकहरुसंग अन्तक्रिया कार्यक्रम सरावल ६ कुर्थावलमा आइतबार भएको छ ।

एबिसी नेपाल, स्ट्रोम फाउन्डेसनको सहयोग एवम् सरावल गाउँपालिकाको सहकार्य तथा जनविकास किशोर सञ्जालको आयोजनामा समस्यामा आधारित अभिभावकहरुसंग अन्तक्रिया भएको हो ।




कार्यक्रम सञ्जालका अध्यक्ष महेश यादवको अध्यक्षतामा भएको थियो ।

कार्यक्रममा सहभागीहरुले समुदायमा बालविवाहको समस्या अझ व्यापक रहेको त्यसलाई रोक्न घरपरिवार, समाज, शिक्षक, अभिभावक मिलेर लाग्नु पर्नेमा जोड दिएका थिए ।

समाजसेवी, बुद्धिजीवी, अभिभावक र किशोरकिशोरीहरुको सहभागिता रहेको कार्यक्रमको राहुलप्रसाद चौधरीले गरेका थिए ।




सम्बन्धित
Loading...