नवलपरासीमा २ लाख २५ हजार बढीको अवैध सामग्री बरामद
परासी । पश्चिम नवलपरासी प्रहरीले आइतबार २ लाख २५ हजार ६ सय मूल्य बराबरको अवैध मालसमान बरामद गरेको छ ।
भारतबाट अबैध रुपमा भन्सार छली चोरी पैठारी गरी नेपालतर्फ ल्याउदै गरेका जेन्स ट्राउजर, हाफ पाईन्ट लगातयका बिभिन्न कपडा आइतबार दिउँसो सिमा प्रहरी चौकी महेशपुरबाट खटिएको प्रहरी टोलीले पाल्हीनन्दन गाउँपालिका वडा नं. १ स्थित रमपुरवाबाट बरामद गरेको हो ।
बरामद कपडा मोटरसाईकलमा राखि ल्याउदै गर्दा प्रहरी टोलीलाई देखे सामान फाली मानिस मोटरसाईकल सहित भागेका जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायव उपरीक्षक राजु लामाले बताए ।
बरामद कपडा आइतबार नै आवश्यक कारबाहीको लागि महेशपुर भन्सार कार्यालय बुझाईएको प्रहरीले जनाएको छ ।
