कुवेतमा कोरोना संक्रमणबाट थप एक जना नेपालीको मृत्यु
कुवेतमा कोरोना संक्रमणबाट थप एक जना नेपालीको मृत्यु भएको छ ।मृत्यु हुनेमा रुपन्देहीका सम्सुधिन मुसौमन रहेको छ ।
कुवेतमा यसघि बिहीबार मात्र कोरोना संक्रमणबाट दुई जना नेपालीको मृत्यु भएको थियो ।
पछिल्लो समय देखि कुवेतमा कोरोना संक्रमण बढेसंगै ठूलो संख्यामा नेपालीहरु पनि संक्रमित भएको अनुमान गरिएको छ ।
कुवेतमा कोरोना संक्रमण तीब्र रुपमा फैलिएपछि त्यसबाट जोगिन आवश्यक स्वास्थ्य सतर्कता अपनाउन नेपाली दूतावासले अनुरोध गरेको छ ।
दूतावासले एक विज्ञप्ति जारी गर्दै कुवेत सरकारले जारी गरेका स्वास्थ्य सुरक्षा सम्बन्धी निर्देशन, प्रोटोकल एवं पूर्वसावधानीका उपायहरूको पूर्ण परिपालना गर्न अनुरोध गरेको हो ।
यो समाचार तयार पार्दासम्म कुवेतमा कोरोना सङ्क्रमितको सङ्ख्या २ लाख ५६ हजार ९८७ पुगेको छ । उपचारपछि निको हुनेको सङ्ख्या २ लाख ४९ हजार ४६५ पुगेको छ भने अहिलेसम्म १ हजार ४४८ जनाको मृत्यु भैसकेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।