बाख्रा हराएपछि गाली गर्ने डरले बझाङमा बालिका झुण्डिइन्


बझाङमा आईतबार एक बालिकाले आत्महत्या गरेकी छ्नि । दुर्गाथली गाँउपालिका ३ रकैलकी ११ बर्षिया बालिका अनीता दमाईले आत्महत्या गरेको प्रहरीले जनाएको छ ।



घर नजिकैको जंगलमा बाख्रा चराउन गएकी बालिका रुखमा झुण्डीएको अवस्थामा फेला परेकी थिईन् ।

बालिकाले बाख्रा हराएपछि घरका आफन्तहरुको डरका कारण आत्महत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ ।




घटनाबारे प्रहरीले थप अनुसन्धान थालेको छ । उनको शव पोष्टमाटमका लागि जिल्ला अस्पतालमा राखिएको छ ।



सम्बन्धित
Loading...