तेह्रथुममा जिप दुर्घटना हुँदा चालकको मृत्यु
जिप भीरबाट खस्दा तेह्रथुममा एक जनाको मृत्यु भएको छ।तेह्रथुम ७ लाप्छायाङ टोलमा जिप अनियन्त्रित भई आइतबार राति भीरबाट खस्दा त्यसका चालकको मृत्यु भएको हो।
प्रहरीका अनुसार राति ९ बजे म्याङलुङबाट मोराहाङतर्फ जाँदै गरेको को१ज ३४०९ को जिप आफैं अनियन्त्रित भएर सडकबाट अन्दाजी तीन सय मिटर तल खसेको थियो।
घाइते खापुङको जिल्ला अस्पताल तेह्रथुममा उपचारको क्रममा राति सवा १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ। जिपमा अन्य सवार कोही नभएको सो कार्यालयले जनाएको छ।