अस्पताल चहार्दै कोरोना संक्रमित महिलाको मृत्यु




विराटनगरमा अस्पताल चहार्दा–चहार्दै एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । महिलालाई समयमै अस्पतालले भर्ना नलिएका कारण उदयपुर, गाईघाटकी ३५ वर्षीय जैनव खातुनको मृत्यु भएको हो ।

स्वास्थ्यमा समस्या देखिएपछि आफन्तले उनलाई सोमबार बिहान विराटनगर ल्याएका थिए । श्वासप्रश्वासमा समस्या भएपछि अक्सिजन दिँदै विराटनगरका सुविधासम्पन्न अस्पतालसम्म ल्याइएकी उनी अस्पतालले भर्ना नलिँदा अलपत्र परेकी थिइन् ।




अस्पतालले एन्टिजेन परीक्षण गर्दा पोजेटिभ देखिएपछि भर्ना गर्न नमानेको परिवारजनको भनाइ छ । भर्नाका लागि विभिन्न अस्पताल चहार्दा चहार्दै उनको मृत्यु भएको एम्बुलेन्स चालक राजा मियाँले बताए ।

मियाँका अनुसार उदयपुरबाट राति करिब ३ बजे उनलाई उपचारका लागि विराटनगरको गोल्डेन अस्पताल लगिएको थियो । सो अस्पतालले भर्ना गर्न नमानेपछि उनलाई विराट मेडिकल कलेज लगेकोमा सो अस्पतालले पनि भर्ना लिन नमानेको मियाँले बताए ।



सम्बन्धित
Loading...