रुपन्देहीमा आर्थिक अपराध न्युनिकरण गर्न सूचनाको सही प्रयोग गर्छु : प्रजिअ तामाङ





भैरहवा – रुपन्देहीका प्रमुख जिल्ला अधिकारी असमान तामाङले तस्करी न्युनिकरणका लागि पत्रकाहरुको सूचनाको सही प्रयोग गर्ने बताएका छन। हालैसरुवा भएर रुपन्देही आएका प्रजिअ तामाङले रुपन्देही क्षेत्रका सञ्चारकर्मीहरुसँग अन्तरक्रिया गर्दै ५९ दशमलव ७ किलोमिटर खुला सिमामा भएका आर्थिक अपराध न्युनिकरण गर्न तथा सामाजिक र सास्कृतिक अपराध घटनालाई न्युनिकरण गर्न सही सूचनाको सही बेलामा प्रयोग गर्ने बताए।

नेपाल सरकारले गृह प्रशासन अन्तर्गत मलाई दिएको दिएको ६ वटा मुलतः कुराहरु शान्ति सुरक्षा कायम, सार्वजनिक सेवाको प्रभावकारिता, विपद व्यवस्थापन, सामाजिक सुधार रुपान्तरण, आर्थिक अनुशासन र पादर्शिता लगायतका साथसाथै यसबाहेकका विषयमा पनि दिशा निर्देश गर्न सबैलाई आग्रह गरे।




रुपन्देही जिल्लाको हरेका कुराहरुलाई पारदर्शी बनाउन र आम नागरिकलाई सुसुचित गराउन सूचनाको अधिकत्तम रुपमा सार्वजनिक गरी सहकार्य गर्दै प्रभावकारी रुपमा कार्य सम्पादन गर्न सहयोग पुग्ने सूचना पाउने र सूचना दिने प्रतिबद्धता जनाए।
समग्र जिल्लामा आर्थिक अनुशासन कायम गर्न पत्रकारहरुको सूचनालाई प्रयोग गरी समन्वय र सहजीकरण गर्ने, हरेक क्षेत्रमा देखिएका विकृती र विसङ्गतीमा समन्वय र सहजीकरणका लागि राज्यकानिकायलाई जिम्मेवार बनाउने,  कलमको दुरुपयोग नहोस भन्नका लागि विवेकशील कलम र पत्रकार विवेकशील सिपाही हो यसमा घचघचाउने काम गर्ने बताए ।

प्रजिअलाई सुझाव दिदै सञ्चारकर्मीहरुको तर्फबाट पत्रकार महासंघका अध्यक्ष रामराज पोखरेल, लुम्बिनी प्रेस क्लबका अध्यक्ष नरशे केसी, पत्रकार चेतन पन्त, सम्झना शर्मा, प्रख्यात बण्जाडे लगायतले पछिल्लो समय बढेको कोरोना जोखिम र संक्रमण दर नियन्त्रण गर्न प्रभावकारी रुपमा तत्काल निर्णय लिनु पर्ने, सिमामा आम नागरिकले भोग्ने समस्यालाई समाधान गर्नु पर्ने, निजी क्षेत्रको सहकार्यमा जडित बजारको सिसीटिभीलाई अझै चुस्त दुरस्त बनाइ प्रविधिको अधिकत्तम प्रयोग गर्नु पर्ने, बजार तथा कार्यालयको अनुगमनलाई प्रभावकारी बनाउनु पर्ने र असिमित मह्गीलाई नियन्त्रण गर्नमा प्रशासनबाट नै चासो दिन आग्रह गरे।




सम्बन्धित
Loading...