गण्डकी प्रदेशसभाकाे विशेष अधिवेशन १३ गते आह्वान


गण्डकी प्रदेशमा विशेष अधिवेशन आह्वान भएको छ । नेपाली कांग्रेस माओवादी केन्द्र र जनता समाजवादी पार्टीले माग गरेअनुसार वैशाख १३ गते विशेष अधिवेशन आह्वान भएको हो ।



नयाँ सरकार गठनका लागि दलहरुबीच द्वन्द जारी रहेका बेला विशेष महाधिवेशन आह्वान भएको हा । अहिले एमाले नेतृत्वको सरकार गण्डकीमा रहेको छ ।

गण्डकीमा वैशाख २ गते मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ सरकार विरुद्ध २८ जना सांसदको हस्ताक्षर सहित अविश्वासको प्रस्ताव दर्ता भएको छ ।




तर, आफ्नो सरकार ढल्ने सुइँको पाएपछि मुख्यमन्त्री गुरुङले अघिल्लो दिन वैशाख १ गते राती १२ बजेदेखी लागू हुनेगरी संसद अधिवेशन अन्त्य भएको निर्णय मन्त्रीपरिषदबाट गराएका थिए ।



सम्बन्धित
Loading...