बौदीकाली गाउँपालिकामा विद्युतको पोल पुग्यो तार पुग्यो तर विद्युत पुगेन

64












  • चन्दा गुरुङ – 


नवलपुर । पूर्वी नवलपरासीको पहाडी क्षेत्र मात्र जोडिएका दुई गाउँपालिका मध्येको एक हो बौदीकाली गाउँपालिका । सुगम जिल्लाको दुर्गम पालिका । यहाँका स्थानीयले राष्ट्रिय प्रसारण लाइनबाट विद्युत अर्थात विजुली बत्ती बाल्ने सपना देखेका बर्षौ भईसक्यो तर अझै विद्युत पुग्न सकेको छैन ।

यहाँका कतिपय वडाहरुमा विद्युत विस्तारका लागि विद्युतको पोल र तार पुगेको छ तर विद्युत भने राष्ट्रिय प्रशारण लाइनमा जोडिन नपाउँदा पुगन सकेको छैन । जसले गर्दा विद्युत बाल्न पाउने आशले उत्साहित भएका यहाँका बासिन्दा अहिले निराश हुन थालेका छन् ।
पूर्वी नवलपरासीको पहाडी क्षेत्रमा कतिपय गाउँमा सोलरबाट विद्युतको आपूर्ति गरिएको छ भने कति गाउँमा लघुजल विद्युतबाट त कतिपय गाउँ हावाबाट विद्युत निकालेर विद्युत आपूर्ति गरिएको छ ।

यसरी सञ्चालन गरिएका ससाना आयोजनाबाट यहाँका बासिन्दाले टुकी बत्तिको सट्टा विद्युत बाल्न त पाएको छ तर राष्ट्रिय प्रशारणको लाइनको विद्युत नपुग्दा टेलिभिजन हेर्नेदेखि धानकुट्ने मिल जस्ता साना उद्योगहरु सञ्चालनको समस्या भने हल हुन सकेको छैन । जसले गर्दा नवलपुरका पहाडी क्षेत्रका बासिन्दा राष्ट्रिय प्रशारण लाइनको विद्युतको पखाईमा बसेको छन् । ति मध्यको एउटा पालिका हो बौदीकाली गाउँपालिका । यहाँ अझै राष्ट्रिय प्रशारण लाइनको विद्युत पुग्न सकेको छैन । जसले गर्दा स्थानीयमा निराशा बढ्न थालेको स्थानीय बासिन्दा कृष्णप्रसाद पराजुली बताउँदछन् ।

बौदीकाली गाउँपालिकामा पहिलो चरणमा बौदिकाली गाउपालिकाको वडा नम्वर ३ र ४ मा राष्ट्रिय प्रशारण लाइनको विद्युत पुर्याउन विद्युतको पोल गाडियो तार पनि टाँगियो तर विद्युत भने पुग्न सकेको छैन ।

विद्युत पोल र विद्युत तार पुगेको २ बर्ष बढी भईसकेको छ तर विद्युत लाइन भने अझै विस्तार हुन सकेको छैन ।
विद्युतकै लागि विंस २०७५ सालमा गण्डकी प्रदेश सरकार भौतिक पुर्वाधारण मन्त्राललय माफर्mत १ करोड ८२ लाख १५ हजार ३ सय ९७ रुपैया ४० पैसा बजेट विनियोजन भएको थियो ।

अहिले विद्युत प्राविधिकरण, गण्डकी सरकारको सम्बन्धित मन्त्रालयमा पटक पटक झकझकाउँदा पनि विद्युत प्रशारण विस्तार हुन नसकेको स्थानीय बासिन्दा कुलमणि ढुंगानाले बताए ।

कोभिड १९ को कहरको कारण रोकिएको काम अझै शुरु हुन सकेको छैन ।

बौदिकाली गाउपालिका वडा नम्वर ३ र ४ गरि दुई वडाहरुमा राष्ट्रिय प्रशारण लाइनका पोलहरु करिव ५ किलोमिटरको दुरीमा १५० ओटा पोलहरु गाडिएका छन् भने स्थानीय स्तरको करिव १५ किलोमिटरको दुरीमा ४ सय वटा विजुलीका पोलहरु गाडिएका छन् ।
बौदिकाली गाउँपालिका वडा नम्वर ३ र ४ मा उत्तरको तनहुबाट विद्युत तार जडान गरि काम थालिएको हो ।

बौदीकाली गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर रानाले आफ्नो पालिकामा राष्ट्रिय प्रशारणको लाइन पुर्याउन सिंगो गाउँपालिका नै पटक पटक सम्बन्धित निकायमा टेलिकेशन जाने गरेको बताए । उनले काम विस्तारै अगाडि बढेको जानकारी दिए ।

बौदीकालीमा राष्ट्रिय प्रशारण लाइन नपुग्दा विकास निर्माणका कामले गति लिन नसक्देदेखि लिएर गाउँमा उत्पादिन कृषि उपजलाई सितभण्डारण गर्न नपाउँदा सस्तोमा बेच्नु पर्ने जस्ता समस्याहरु हुने गरेको छ ।

गाँउ गाउमा विजुलीका पोलहरु ठड्याउदा खुसी भएका यहाँका बासिन्दालाई अहिले यही विजुलीको बोलले जिस्काइरहेको जस्तो आभाव हुने गरेको छ ।

यसले गाउँका बासिन्दालाई मात्र गिज्जाएको छैन, ओली सरकार उज्जालो अभियानलाई पनि जिग्जाइरहेको छ ।



You might also like
Loading...