बुधबार प्रदेश २ मा सार्वजनिक विदा





प्रदेश नं २ सरकारले रामको जन्मोत्सवका अवसरमा भोलि बुधबार सार्वजनिक बिदा दिएको छ । मुख्यमन्त्री लालबाबु राउतद्वारा जारी प्रेस विज्ञप्तिमा प्रदेशवासीलाई रामनवमीको शुभकामना साथ भोलि सार्वजनिक बिदा  दिइएको उल्लेख छ ।

विज्ञप्तिमा कोरोना महामारीको विषम परिस्थितिमा स्वास्थ्यको मापदण्ड अपनाएर सरकारी निर्देशनको पालनतर्फ ध्यानाकर्षण गराइएको छ ।







सम्बन्धित
Loading...