नक्कली पिसिआर रिपोर्ट दिएको आरोपमा सिनामंगलको सूर्य ल्याबमा प्रहरीको छापा


नक्कली पिसिआर रिपोर्ट दिएको आरोपमा प्रहरीले काठमाडौंको सिनामंगलस्थित सूर्य ल्याबमा छापा मारेको छ।




महानगरीय अपराध महाशाखाको टोलीले कोरोना भाइरसको नक्कली पिसिआर रिपोर्ट दिएको खबरपछि मंगलबार छापा मारेको प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) चन्द्रकुँवेर खापुङले जानकारी दिए।


‘पैसा भएपछि रिपोर्ट निस्किने रहेछ। स्वाब नै नदिएका व्यक्तिहरूको पनि रिपोर्ट निकाल्ने गरेको भन्ने सुराक पाएका थियौं,’ एसएसपी खापुङले भने,’अहिले हाम्रो टोली त्यहीँ छ।

‘महाशाखाको टोलीले अहिले थप अनुसन्धान गरिरहेको बताएको छ।




सम्बन्धित
Loading...