बाँकेमा बैशाख ९ बाट ’लकडाउन’ गर्न सिफारिस





बुटवल । कोभिड–१९ संक्रमितले दिनदिनै थपिँदै गएपछि बाँके जिल्लाका लकडाउन हुने भएको छ । बाँके जिल्ला कोभिड १९ संकट व्यवस्थापन समितिको आज बसेको बैठकले जिल्लामा संक्रमणको महामारी रोकथाम गर्न बैशाख ९ गतेबाट जिल्लामा ‘लकडाउन’ गर्न सिफारिस गर्ने निर्णय गरेको छ ।

विगत एक हप्ताबाट हरेक दिन सयौँको संख्यामा संक्रमित थपिँदै गएपछि डीसीसीएमसीले लकडाउनको सिफारिस गर्न बाध्य भएको बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए । बाँके नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ को कार्यालयका सबै कर्मचारीलाई कोरोना पुष्टि भएपछि वडा कार्यालय बन्द गरिएको समेत गरीएको छ ।


एकै दिन ठूलो संख्यामा संक्रमित थपिने र त्यसमा पनि गम्भीर प्रकृतिको संक्रमितको संख्या उच्च भएपछि बाँकेका सबै कोरोना बिशेष वार्डहरु भरिभराउ भएका छन् । बाँके नेपालगञ्ज उपमहानगरपालिकाले यसअघि नै आइतवारदेखि विद्यालयहरु बन्द गर्ने निर्देशन दिएको थियो ।




सम्बन्धित
Loading...