३० वर्षभन्दा बढी शासन गरेका चाडका राष्ट्रपतिको हत्या
अफ्रिकी मुलुक चाडका राष्ट्रपति इद्रिस डेबी बिद्रोहीहरुद्वारा मारिएका छन। उनले ३० वर्षभन्दा बढी समयसम्म आफ्नो देशमा शासन गरेका थिए। उनले अफ्रिकामा इस्लामी आतंकवादको बिरूद्धको लडाईमा महत्वपूर्ण भूमिका खेल्दै आएका थिए।
डेबीका छोरा महामत काकालाई सैन्य अधिकारीहरूको संक्रमणकालीन काउन्सिलले अन्तरिम राष्ट्रपति पदमा नियुक्त गरेको छ।
६८ वर्षिय डेबी सन १९९० मा विद्रोहबाट पहिलो पटक सत्तामा आएका थिए। उनि अफ्रिकामा सबैभन्दा लामो समयका शासक भएका नेताहरू मध्येका हुन। उनलाई उनको शासनकालमा धेरैले कुटपिटको प्रयास गरेका थिए र विद्रोहबाट उनि बच्दै आएका थिए।
चाडमा अहिले सरकार र राष्ट्रियसभा भंग गरी राष्ट्रव्यापी कर्फ्यू लगाइएको छ ।
