आज घट्यो सुनको मूल्य





नेपाली बजारमा सुनको घटेको छ । आज सुन तोलामा तीन सय रुपैयाँँ घट्दै प्रतितोला ९० हजार सात सयमा झरेको छ ।

सुन हिजो प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।


आज सुनको मूल्य घटेपनि चाँदीको मूल्य भने यथावत छ । चाँदी आज पनि प्रतितोला एक हजार तीन सय रुपैयाँमा नै कारोबार भैरहेको छ । चाँदी हिजो पनि सोही मूल्यमा कारोबार भएको महासङ्घले जनाएको छ ।




सम्बन्धित
Loading...