हेटौंडामा एकजना कोरोना संक्रमितको मृत्यु
मकवानपुरको हेटौंडामा कोरोना संक्रमणले एकजना पुरुषको मृत्यु भएको छ । केही दिन अघिको कोरोना परीक्षणबाट संक्रमण पुष्टि भएका हेटौंडा-४ कर्राका ७४ वर्षीय एकजना पुरुषको मृत्यु भएको हो ।
उनको शवलाई नेपाली सेनाको टोलीले व्यवस्थापन गर्ने तयारी गरेको जनाइएको छ । पछिल्लो समय कोरोनाको दोस्रो लहर सुरु भएपछि मकवानपुरमा कोरोनाबाट मृत्यु हुनेको संख्या पहिलो हो । अहिले सम्मको पछिल्लो परीक्षणमा ६९ जनामा कोरोना संक्रमण देखिएको छ ।