ओलीले माधव नेपाललाई दिए यस्तो चेतावनी
नेकपा अध्यक्ष केपी शर्मा ओलीले आफूले गरेको सम्बादको प्रयासलाई कमजोरी नठान्न चेतावनी दिएका छन्।
उनले माधव नेपाल पक्ष नेताहरुलाई इंगित गर्दै भने- मेरो प्रयास अहिले पार्टीलाई क्षति नहोस् भन्ने हो। तर समूहगतरुपमा कुनै पनि सम्झौता नहुने र सम्बादको प्रयासलाई कमजोरी नठानियोस्।
नेपाल कम्युनिस्ट पार्टीको ७३औं स्थापना दिवसको अवसरमा बल्खुस्थित पार्टी केन्द्रीय कार्यालय भवनको शिलान्यास गर्दै उनले यस्तो बताएका हुन्।
सम्बोधनको क्रममा उनले पार्टी अनुसाशित बनाउनुपर्ने र अनुशासनहीनतासँग कुनै सम्झौता गर्न नसकिने बताएका थिए। ‘अहिले पनि हाम्रो प्रयास सम्झाउने बुझाउने हो।
अनुशासित भएर पार्टीमा काम गरौं भनेर हरेकलाई सम्झाइरहेका छौं,’ उनले भने।
ओलीले बुधबार साँझ माधव नेपालसँग ‘वान टु वान’ वार्ता गरेका थिए। वार्तका बारेमा अहिलेसम्म कुनै किसिमका कुरा बाहिर नआए पनि दुई ओली र नेपालबीच नक्सालस्थित मेरियट होटलमा करिब दुई घन्टा छलफल भएको थियो।