वीरगन्जमा थप एक काेराेना संक्रमितकाे मृत्यु
काेराेनाका कारण वीरगन्जमा थप एक जनाकाे मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका १६ निवासी ६१ वर्षकी वृदा रहेकाे नारायणी अस्पतालका कोभिड संयोजक डाक्टर सरोज रोशन दासले जानकारी दिए ।
उनलाइ गएको बैशाख ३ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
स्वास्थमा समस्या देखिएपछी उपचारको लागि गएको मंगलबार नारायणी अस्पतालमा भर्ना गरिएको थियो।
उनकाे गएराति मृत्यु भएको दासले बताए ।