बढ्याे आज सुनचाँदीको मूल्य

नेपाली बजारमा सुनको मूल्य फेरि बढ्न थालेको छ । हिजाे तोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको भएको छापावाला सुन आज बढेर तोलामा ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै, तेजावी सुनकाे मूल्य ९१ हजार ७ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।