हिमपातका कारण दुई दिनदेखि हुम्लाकाे उडान ठप्प




हुम्लाको उच्च हिमाली भेगमा हिमपात भएको छ । सदरमुकाम सिमकोटमा बिहीवार विहानदेखि हिमपात भएको हाे ।

उत्तरी नाम्खा गाउँपालिका लिमिको हल्जी, तिल, जाँङ, हिल्सा र चालालगाएतका क्षेत्रमा बुधवारदेखि नै हिमपात भएको हो ।




हिमपातका कारण हुम्लाकाे हवाई उडान प्रभावित भएको छ । बुधवार वर्षाले प्रभावित भएको उडान बिहीवार हिमपातले झनै प्रभावित भएकाे हाे । हिमपात भएसँगै दुई दिनदेखि हुम्लाकाे उडान ठप्प भएको छ ।

तर यता हिमपात भएपछि हुम्लाबासी भने खुशी भएका छन् । हिमपातका कारण खेतबारीमा छरेको अन्नवालि राम्रो हुने भएकाले जिल्लाका कृषकहरू खशी भएका हुन् ।



सम्बन्धित
Loading...