हतकडी सहित फरार रहेका १८ वर्षीय किशोर पक्राउ




हतकडी सहित फरार रहेका एक जना किशोर पक्राउ परेका छन् । काठमाडौं कालीमाटी सुकुम्बासी टोल बस्ने भारत बिहार समस्तीपुर पटौरी थाना घर भएका १८ वर्षीय किशोरलाई बुधबार प्रहरीले पक्राउ गरेको हो।

२०७७ असोज २ गते अनुसन्धानको सिलसिलामा महानगरीय प्रहरी वृत्त कालिमाटीमा ल्याइएका अभियुक्तहरुमध्ये हतकडी सहित फरार रहेका उनलाई महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले कालिमाटी परोपकारबाट पक्राउ गरेको हो । उनलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी वृत्त कालिमाटी पठाइएको उक्त महाशाखाले जनाएको छ ।



सम्बन्धित
Loading...