थप २३६५ जनामा कोरोना संक्रमण पुष्टि, ५ जनाको मृत्यु

नेपालमा २३६५ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा २३६५ जना नयाँ संक्रमित थपिएका हुन् ।
योसंगै नेपालभर कोरोना संक्रमितको संख्या दुई लाख ९२ हजार १५२ रहेको छ । संक्रमित मध्ये दुई लाख ७६ हजार ३४५ जना निको भएर घर फर्किसकेका छन् । हाल संक्रिय संक्रमितको संख्या १२ हजार ६९० रहेको छ ।
पछिल्लो २४ घण्टामा २५२ जना कोरोनामुक्त भएका छन् भने मृतकको संख्या ५ रहेको छ । हालसम्म मृत्यु हुनेको संख्या ३११७ पुगेको छ ।