सेवाग्राहीलाई वडाध्यक्षको मुक्का

तनहुँ । भिमाद नगरपालिका वडा नम्बर ८ का अध्यक्ष बुद्धीमान श्रेष्ठ र सेवाग्राही चिरञ्जवी खनालबीच हात हालाहाल भएको छ । विहीबार विहान घटना भएको हो ।
सामाजिक सञ्जाल फेसबुकमा दुुई बीचको घम्साघम्सीको तस्वीर र भिडियो भाइरल भएको छ ।
४० सेकेण्डको मात्र अपलोड भिडियोको सुरुमै वडाध्यक्षले सेवाग्राहीलाई मुक्का प्रहार गरेको देखिन्छ । वडाध्यक्षले ढुंगा टिपेर प्रहार गर्न खोजेको देखिन्छ ।
‘लाटीलाई निकाल्छस तैले । पख मुला’, वडाध्यक्ष भनेको सुनिन्छ । भिडियोको सुरुमै सेवाग्राहीले ‘मैले निकाल्न खाजेछु र ?’ भन्दै प्रश्न गरेको छन् ।
प्रत्यक्षदर्शीका अनुसार वडा कार्यालय अरौदीको नजिकै नवदुर्गा टोलमा विहान ११ बजेपछि हात हालाहाल भएको थियो । त्यतिबेला वडाध्यक्ष श्रेष्ठ फिल्डमा थिए । हकवालाको सिफारिस पत्र लिनलाई अरौदीका खनाल वडाध्यक्ष श्रेष्ठ भएकै ठाउँमा पुग्दा विवाद उत्पन्न भएर हात हालहालको स्थिती आएको हो ।
आफुमाथि जाइलागेकाले प्रतिकार गर्न बाध्य भएको वडाध्यक्ष श्रेष्ठले टेलिफोन कुराकानीमा बताए । उनले भने – ‘हकवालाको सिफारिस लिन आउनुभएको थियो । एक जना सुकुम्बासी महिला बस्दै आएको उहाँको पुर्जामा रहेको जग्गामा घर बनाउन रोक्नुभएको छ । यो केशमा छलफल नगरिकन समाधान नगरिकन तिम्रा मात्रै कुरा गरेर हुन्छ ? सामाजिक हुनुप¥यो नि भनेपछि आक्रोशित भए’ ।
आक्रोशित भएका खनालले आफुमाथि हातपात गरेपछि प्रतिकार गरेको उनको भनाई छ । भिडियोमा पुरै नदेखाएर आफुलाई दोषी देखाउन खोजेको उनको भनाई छ ।
आफ्नो पुर्जामा पर्ने जग्ग्गामा एक जना सुकुम्बासी महिलालाई घर बनाउन रोकदिएको रिसिबी साँधेर सिफारिस नदिएको सेवाग्राही खनाल बताउँछन् ।
भिडियो हेर्नुहोस्
https://youtu.be/hQVmZpLujok