कस्तो रहला आजको मौसम ?
काठमाडौँ – देशको अधिकांश स्थानमा शुक्रबारको मौसम बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश तथा गण्डकी प्रदेशका भूभागमा आंशिकदेखि सामान्य बदली र अन्य पहाडी भूभागहरुमा आंशिक बदली रहने मौसमविदले बताएका छन्।
सुदूरपश्चिम प्रदेश, कर्णाली तथा गण्डकी प्रदेशका पहाडी भूभागहरुका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ तथा हावाहुरीसहित क्षणिक हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ।
शुक्रबार राति पनि सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका भूभागहरुमा आंशिक देखि सामान्य बदली तथा बाँकी प्रदेशका पहाडी भूभागहरुमा आंशिक बदली रही थोरै स्थानहरुमा मेघगर्जन चट्याङ र हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ।
यस्तो छ आगामी तीन दिनको पूर्वानुमान
२०७८ बैशाख १० गते (शुक्रबार)
दिउँसोः देशको सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश तथा गण्डकी प्रदेशका भू-भागमा आशिक देखि सामान्य बदली र अन्य पहाडी भू-भागहरुमा आंशिक बदली रहनेछ । सुदुरपश्चिम प्रदेश, कर्णाली तथा गण्डकी प्रदेशका पहाडी भू-भागहरुका थोरै स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग/हावाहुरी सहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको छ ।
राती: देशको सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशका भू-भागहरुमा आँशिक देखि सामान्य बदली तथा बाँकी प्रदेशका पहाडी भूभागहरुमा आँशिक बदली रही थोरै स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग/हावाहुरी सहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको छ ।
२०७८ बैशाख ११ गते (शनिबार)
बिहान: देशभर आँशिक देखि सामान्य बदली रही बागमती प्रदेश , सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका केही र बाँकि प्रदेशहरुका थोरै स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग/हावाहुरी सहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको छ ।
राती: देशका पहाडी भू-भागमा आँशिक देखि सामान्य बदली रही अन्य भू-भागमा आंशिक बदली रहनेछ।
२०७८ बैशाख १२ गते (आइतबार)
बिहान: देशका पहाडी भू-भागमा आँशिक बदली रही अन्य भू-भागमा आंशिक बदली रहनेछ।
राती: देशका पहाडी भू-भागमा आँशिक बदली रही अन्य भू-भागमा आंशिक बदली रहनेछ।
