नवलपरासीको सीमा नाकामा राखियो स्वास्थ्य सहायता कक्ष




रामकरण अम्बेडकर –
परासी, १० बैशाख । छिमेकी राष्ट्र भारतमा कोरोना संक्रमित बढ्न थालेको देखे पछि भारतसँग सीमा जोडिएको पश्चिम नवलपरासीको ठुठीबारी महेशपुरमा पाल्ही नन्दन गाउँपालिकाले स्वास्थ्य सहायता कक्ष स्थापना गरेको छ ।

जिल्लाको मुख्य सिमा महेशपुर लगायतका सिमावर्ती क्षेत्रमा भारतबाट आउने नागरिकलाई स्वास्थ्य सतर्कता अपनाउन सल्लाह दिई स्वास्थ्य जांच गरी निगरानीमा राख्न थालिएको छ ।




पाल्ही नन्दन गांउपालिका वडा नं१ महेशपुर लगायत जिल्ला भरीमा कोरोना भाईरसको संक्रमण बढ्न नदिनको लागि रोकथाम गर्नको लागि शुक्रबारदेखि स्वास्थ्य सहायता कक्ष स्थापना गरी निगरानी बढाएको हो ।

यस अघि पनि यहाँ स्वास्थ्य सहायता कक्ष स्थापना गरी स्वास्थ्य परीक्षण गरिएको थियो ।
अहिले कोरोना संक्रमण बढन थाले पछि सिमावर्ती क्षेत्रलाई मध्य नजर गर्दै महेशपुर नाका लगायतबाट भित्रिने नागरिकको स्वास्थ्य परीक्षणका लागि स्वास्थ्य सहायता कक्ष स्थापना गरिएको पाल्ही नन्दन गांउपालिका अध्यक्ष बैजु प्रसाद गुप्ता दिपकले बताए ।

पाल्ही नन्दन गांउपालिका अध्यक्ष बैजु प्रसाद गुप्ता, वडा अध्यक्ष लल्न यादव लगायत उद्घाटन गरेका थिए ।

भारतबाट आउने जाने नागरिकहरुलाई मास्क सेनिटाईजर अनिवार्य रुपमा प्रयोग गर्न र समाजिक दुरी कायम गरी स्वास्थ्यलाई सुरक्षित राख्न सचेत रहन आग्रह गरेको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले बताए ।

महेशपुर सहायता कक्षमा पाल्हीनन्दन गांउपालिकाबाट पालो पालो गरि एक एक जना स्वास्थ्यकर्मी खटाउने गांउपालिका शाखाका प्रमुख धर्म जित पटेलले बताए ।

 



सम्बन्धित
Loading...