दाङका २ कोरोना संक्रमितको मृत्यु
दाङका दुई कोरोना संक्रमितको मृत्यु भएको छ।
घोराही उपमहानगरपालिका वडा नं. १५ का ६२ वर्षीय पुरुषको कोरोना विशेष अस्पताल बेलझुण्डीमा मृत्यु भएको छ।
शुक्रबार राति ११ः५ बजे उनको मृत्यु भएको अस्पतालका कर्मचारी द्रोर्ण वलीले जानकारी दिए।
शुक्रवार दिउँसो तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ रजौराका ७९ बर्षीय पुरुषको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा उपचारका क्रममा मृत्यु भएको थियो ।