कोशी अस्पतालमा उपचारत विराटनगरका ४८ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु




कोरोना सक्रमणबाट थप एक जना पुरुषको मृत्यु भएको छ ।
विराटनगर महानगरपालिकाका वडा नं ६ का ४८ वर्षीय पुरुषको कोशी कोभिड- १९ उपचार केन्द्रमा उपचारको क्रममा मृत्यु भएको कोभिड उपचार केन्द्रले जानकारी दिएको छ । मुत्क पुरुषको सास फेर्न समस्या आएको र पीसीआर टेष्ट गर्दा पोजेटिभ देखिए पछि वैशाख ३ गते उपचार केन्द्रमा भर्ना गरिएको थियो । उनलाई ज्वरो रुघा खोकीले सताएको धियो । अक्सिजनको मात्रा कम भएको कारण उपचारकै क्रममा मृत्यु भएको उपचारमा संलग्न चिकित्सकहरूले जानकारी दिएका छन् ।



सम्बन्धित
Loading...