नवलपरासीमा भूकम्पले क्षति भएका ९८ प्रतिशत पुनर्निर्माण सम्पन्न


 



नवलपुर– पूर्वी र पश्चिम नवलपरासी जिल्लामा भुकम्पबाट क्षति भएका झण्डै ९८ प्रतिशत आवास निर्माणको काम सम्पन्न भएको छ ।

२०७२ साल बैशाख १२ गते आएको महाभूकम्पमा परी पूर्वी नवलपरासीमा १ हजार ५३ र पश्चिम नवलरासीमा २१ गरी १ हजार ७१ घरमा क्षति पुगेको थियो ।




यस्तै, पूर्वी नवलपरासीमा १३८ सहित दुवै जिल्लाका २ सय ८ वटा विद्यालयमा भूकम्पले क्षति पुर्याएको थियो ।

भूकम्पले पूर्वी नवलपरासीको साविक बुलिङटार गाविसमा बढी क्षति पुगेको थियो भने देवचुली नगरपालिका ६ कीर्तिपुरमा सबै भन्दा क्षति भएको जिल्ला आयोजना कार्यान्वयन इकाई, अनुदान ब्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयका प्रमुख राजेन्द्र कार्कीले बताए ।
देवचुली नगरपालिका वडा नम्बर ६ कीर्तिपुर गाउँका १ सय ६ वटा घरमा क्षति पुगेको १ सय ५ वटा घर निर्माण सम्पन्न भइसकेको वडाअध्यक्ष मीनबहादुर सोतीले बताए ।

७२ सालमा गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७.८ रेक्टर स्केलको महाभूकम्पले ७ हजार बढीको ज्यान गएको थियो भने १४ जिल्ला अति प्रभावित भएको थियो ।

भूकम्पले क्षति भएका प्रति परिवारलाई सरकारले ३ लाख रुपैयाँ राहत उपलब्ध गराएको थियो ।

अतिप्रभावित १४ र कम प्रभावित १७ जिल्ला मध्ये नवलपरासीमा पुनर्निर्माणमा सबै भन्दा बढी प्र्रगति भएको केन्द्र्रीय आयोजना कार्यान्वयन इकाई, अनुदान ब्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयले जनाएको छ ।

 



सम्बन्धित
Loading...