डडेल्धुरामा ट्रयाक्टर दुर्घटना हुँदा एकको मृत्यु


डडेल्धुरामा ट्रयाक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।



आइतबार विहान अजयमेरु गाउँपालिका–२ पानीनाउला  खोलामा से २ त १४७२ नम्बरको ट्रयाक्टर  दुर्घटना हुँदा कैलाली गौरीगङ्गाका–१ का चालक प्रेम खड्काको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार कैलालीको चुरे गाउँपालिकाका पवन सिजापती मगर घाइते भएका छन् । उनको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ।




जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रवक्ता प्रहरी निरीक्षक हर्षबहादुर चन्दले कच्ची सडकमा उकालो जाँदै गरेको ट्रयाक्टर अनियन्त्रित भएर दुर्घटना भएको हुनसक्ने बताए।


सम्बन्धित
Loading...