कावासोतीका हाजबजार र विद्यालय एक सातालाई बन्द


नवलपरासी ।
पुर्वी नवलपरासीको कावासोति नगरपालिकामा विद्यार्थीमा कोरोना संक्रमण देखिन् थालेपछि कावासोतिका विद्यालयहरु एक साताका लागि बन्द गरिएको छ ।




आईतबार बसेको नगरस्तरीय विपत व्यवस्थापन समितिको बैंठकले विद्यालयहरु र हाटबजारहरु शुक्रबार सम्म बन्द गर्ने निर्णय गरेको नगर स्तरीय विपत व्यवस्थापन समितिका सदस्य शारदाप्र साद अधिकारीले जानकारी दिएका छ्न ।
नगरपालिकाको वडा नं २ मा रहेको शिव मा.वि मा कक्षा १० मा पढने विद्यार्थीमा कोरोना संक्रमण देखिए पछि कावासोतिका विद्यालयहरु र हाटबजारहरु शुक्रबार सम्मको लागि बन्द गरिएको हो ।

२० गतेबाट सुरु हुने विद्यालय स्तरका बार्षिक परीक्षा भने तोकिएकै मितीमा सञ्चालन हुने जनाईएको छ ।यसै बीच नवलपुरमा १२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

 



सम्बन्धित
Loading...