राष्ट्रिय विभुति पासाङ ल्हामु शेर्पा स्मृति कप भलिबल सम्पन्न

63












राष्ट्रिय विभुति पासाङ ल्हामु शेर्पा स्मृति कप– २०२१ सम्पन्न भएको छ । महिला तर्फ पहिलो स्थान महाकुलुङ गाउँपालिका र पुरुष तर्फ नौलेख युवा क्लव पैया (ए) टिमले जित हासिल गर्न सफल भएको छ ।


समान र सम्मान हाम्रो चाहना, विभेद रहित समाजको परिकल्पना भन्ने मुल नाराका साथ राष्ट्रिय विभुति पासाङ ल्हामु शेर्पा जन्मिएको गाउँ खुम्बु पासाङ ल्हामु गाउँपालिका वडा न २ सुर्केमा प्रतियोगिता आयोजना गरिएको थियो । खेलमा ३ महिला र ७ पुरुष गरि १० टिमले सहभागीता जनाएको थियो ।

४ दिने खेलमा महिला तर्फ पहिलो स्थान महाकुलुङ गाउँपालिका र पुरुष तर्फ नौलेख युवा क्लव पैया (ए) टिमले जित हासिल गर्न सफल भएको छ भने महिला तर्फ दोस्रो माप्य दुधकोशी गाउँपालिका र तेस्रो कोङ्दे युवा क्लब हुन सफल भएको छ भने पुरुष तर्फ दोस्रो आमाडब्लम युवा क्लब पामबुचे र तेस्रो कुसुम खङकरु युवा क्लब हुन सफल भएको छ ।

३ दिनको खेल मौसम खरावीका कारण एकदिन लम्बिएर ४ दिन खेलाउन परेको थियो । राष्ट्रिय विभुति पासाङ ल्हामु शेर्पाकी बुवा फुर्वा कितर शेर्पा भलिबल खेल समापनको दिन सहभागी रहेका थिए। उनको हातबाट विजयी टिमलाई ट्रफि, मेडल र प्रमाणपत्र वितरण गरिएको थियो । छोरीको नाममा राखिएको खेलमा सहभागी हुन पाउदा बुवाले खुसी व्यक्त गरेका थिए ।

भलिबल खेलसगैँ खुम्बु पासाङ ल्हामु गाउँपालिकाबाट सगरमाथा आरोहण गरि विश्व रेकड कायम गर्न सफल व्याक्तित्वहरुलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा २४ पटक सगरमाथा आरोहण गरि विश्व रेकर्ड कामय गर्न सफल प्रख्यात आरोही कामी रिता शेर्पा, छिटो सगरमाथा आरोहण गरि विश्व रेकड कायम गर्न सफल लाक्पा गेलु शेर्पा, हिमालबाट लङलाइन रेस्क्यू गर्नु हुने आङ टासी शेर्पा, छोटो समयमा सगरमाथा आरोहणगरि महिला तर्फबाट विश्व रेकर्ड कायम गर्नु हुने पासाङ पुटी शेर्पा र गायन, लेखन, साहित्य क्षेत्रमा योगदान पु¥याउनु हुने पुरुषोतम सानु नेपालीलाई सम्मान गरिएको थियो ।

४ दिने खेलकुदको अन्तिम दिन बेलुकी सांस्कृतिक कार्यक्रम भएको थियो। सांस्कृतिक कार्यक्रममा गायक यश कुमार, गायिका बिन्दु परियार, नेपाल आइडल प्रताप दासले आफ्नो प्रस्तुति दिएका थिए भने डिजे एलएस र डिजे फिन्जोले खेलमा सहभागी रहेका दर्शकलाई नचाएका थिए ।



You might also like
Loading...