१२ लाख ५० हजारको खालीचेक दिने कँडेल पक्राउ




बैंक खातामा पर्याप्त रकम नभएको थाहा हुदाँहुदै १२ लाख ५० हजारको खाली चेक दिने धादिङ बेनीघाट रोलाङ्ग गाउँपालिका ५ बस्ने ४५ वर्षीय ध्रुव प्रसाद कँडेललाई प्रहरीले पक्राउ गरेको छ ।

बैकिङ कसूर मुद्दाका फरार प्रतिवादी कँडेललाई उच्च अदालत पाटनको २०७७ मंसिर १९ गतेको फैसलाले उक्त मुद्दामा ७ दिन कैद र १२ लाख ५० हजार रुपैयाँ जरिवाना ठहर गरेको थियो ।




उक्त सजाय बेरुजू रही फरार रहेका उनलाई प्रहरी काठमाडौं नक्सालबाट पक्राउ गरेको जनाएको छ ।

उनले झुक्याएर राष्ट्रिय वाणिज्य बैंक लिमिटेड शाखा कार्यालय गजुरीको खाताबाट भुक्तान हुने गरी पीडितलाई १२ लाख ५० हजार रुपैयाँ बराबरको चेक काटी दिएकोमा बैंकिङ कसूरजन्य अपराध गरेको ठहर गरी उनीविरुद्ध उक्त सजाय र जरिवाना हुने फैसला भएको थियो ।

ध्रुव प्रसादलाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको उक्त ब्यूरोले जनाएको छ ।



सम्बन्धित
Loading...