आफ्नै बाबुको हत्या गर्ने पक्राउ

आफ्नै ५० वर्षीय बाबु बलराम सापकोटाको बन्चरो प्रहार गरी हत्या गर्ने कैलाश गाउँपालिका ३ कटुन्जे बस्ने ३० वर्षीय अन्जन सापकोटालाई प्रहरीले पक्राउ गरी मुद्दा दर्ता गरेको छ ।
अन्जनले आफ्नै बाबुलाई बन्चरो प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको उजुरी पछि प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।