पछिल्ल्लो २४ घण्टामा थप ३ हजार ५५६ जनामा कोरोना संक्रमण पुष्टि, १२ जनाको मृत्यु
नेपालमा पछिल्ल्लो २४ घण्टामा थप ३ हजार ५५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार ५६७ जना, भक्तपुरमा १२२ जना र ललितपुरमा २२३ जनामा गरी कुल १ हजार ९१२ जना थपिएको जानकारी दिएका हुन् ।
पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु भएको छ ।
योसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या ३ लाख ३ हजार ५६१ पुगेको छ।
यही अवधिमा थप ३७८ जना निको भएका छन् । नेपालमा हालसम्म निको हुनेको सङ्ख्या २ लाख ७७ हजार ९५१ रहेको छ । नेपालमा कोभिड–१९ बाट ज्यान गुमाउनेको सङ्ख्या ३ हजार १७६ पुगेको छ ।