परासीका कोरोना संक्रमित पुरुषको मृत्यु, १ सय ४८ जना सक्रिय संक्रमित


बैशाख १३ । पश्चिम नवलपरासीमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्लाको रामग्राम नगरपालिका वडा नम्बर ३ का ४० वर्षका पुरुषको आईतबार राति मृत्यु भएको स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।



मृतक एन्टिजेन परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो । गत ८ गते भिम अस्पताल भैरहवाको आईसोलेशनमा भर्ना भएका त्यी पुरुषमा श्वासप्रश्वासमा समस्या देखिएको कोरोना फोकल पर्सन देविलाल पौडेलले बताउनुभयो । यससँगै जिल्लामा ३७ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

यसैविच जिल्लामा सोमबार थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको सुनवल नगरपालिकामा सबैभन्दा बढी १२ जनामा संक्रमण देखिएको छ । रामग्राममा ६, बर्दघाटमा २ र पाल्हीनन्दनमा १ जनामा सांक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । सोमबार थपिएकासँगै जिल्लामा कोरोना संक्रमितको संख्या १ हजार ६ सय ४ पुगेको छ । अब जिल्लमा १ सय ४८ जना सक्रिय संक्रमित आईसोलेशनमा रहेका छन् ।



सम्बन्धित
Loading...