दुई दिनका अन्तरालमा परासीमा कोरोनाले बुवाछोराको निधन




परासी । दुई दिनको अन्तरालमा पश्चिम नवलपरासीमा कोरोनाका कारण बुवाछोराको निधन भएको छ ।

मंगलबार विहान रामग्राम नगरपालिका ९ का ३५ बर्षीय पुरुषको कोरोना संक्रमणको कारण निधन भएको पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी धमेन्द्र मिश्रले बताए ।




उनलाई स्वास फेर्न गाह्रो भए पछि पृथ्वी चन्द्र अस्पतालमा भर्ना गरिएको थियो । उनको अवस्था जटिल बन्दै गएपछि आइसियुमा राखेर उपचार गर्नु पर्ने भएकोले रुपन्देहीको भीम अस्पताल र बुटवलको कोरोना विशेष अस्पतालमा प्रयास गरिए पनि स्थान अभावकै कारण समयमै उपचार नपाउँदा उनको निधन भएको हो ।

मंगलबार विहान साढे ८ बजेतिरको समयमा उनको निधन भएको प्रमुख जिल्ला अधिकारी मिश्रले जानकारी दिए ।
दुई दिन अघि मात्रै उनका बुवाको पनि कोरोनाकै कारण घरमै निधन भएको थियो ।

यो सहित पश्चिम नवलपरासीमा कोरोनाकै कारण ज्यान गुमाउनेको संख्या ३८ पुगेको छ ।



सम्बन्धित
Loading...