गण्डकी प्रदेशसभा बैठक भोलिसम्मका लागि स्थगित, सांसदहरुको पीसीआर परीक्षण गरिने
गण्डकी प्रदेशसभाको विशेष अधिवेशनको दोस्रो बैठक सत्ता पक्षको अवरोधका कारण स्थगित भएको छ । मंगलबार बैठक सुरु भएलगत्तै सत्तारुढ दल नेकपा एमालेका सांसदले पिसिआर परीक्षण नगरी बैठक सञ्चालन नगर्न माग गरेका थिए । एमालेका सांसदहरु आफ्नो स्थानमा उठेर निरन्तर विरोध जनाएपछि सभामुखले २० मिनेटका लागि बैठक स्थगित गरेका थिए ।
प्रदेशसभा सदस्य कृष्णबहादुर थापाका अनुसार मंगलबार सांसदहरुको पिसिआर परीक्षण गरिने छ । उक्त परीक्षणको रिपोर्ट आए पछिमात्र बस्ने गरी बुधबार दिउँसो १ बजेका लागि प्रदेशसभा बैठकको अर्को मिति तोकिएको उनले बताए ।