उडान बन्द नगरी सार्वजनिक सवारी रोके अवज्ञा गर्छौ : यातायात व्यवसायी
यातायात व्यवसायीहरूले सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक लगाउने सरकारको निर्णयप्रति असन्तुष्टि जनाएका छन्

काठमाडौँ उपत्यका, रुपन्देही सहित निषेधाज्ञा लगाएका विभिन्न स्थानमा सार्वजनिक सवारी साधन सञ्चालनमा सरकारले रोक लगाएको छ । तर आन्तरिक हवाई उडान तत्काल नरोक्ने निर्णय गरेको छ । यस्तो निर्णय विभेदपूर्ण रहेको भन्दै यातायात व्यवसायीहरूले असन्तुष्टि जनाएका हुन् ।
कोरोना संक्रमणको अवस्था भयावह हो भने अत्यावश्यकबाहेकका सबै प्रकारका यातायातका साधन रोक्नुपर्ने व्यवसायीको माग छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले सरकारले यातायात सञ्चालनमा रोक लगाउँदा विभेदपूर्ण निर्णय गरेको भन्दै सरकारी निर्णयलाई पुनर्विचार गर्न माग गरे ।
हवाई उडानमा जस्तै सार्वजनिक यातायातका सवारीसाधनले पनि जनस्वास्थ्यको मापदण्ड पालना गर्ने भएकाले लामो दूरीका सवारीसाधन चलाउन दिनुपर्ने उनले बताए ।