लाइसेन्स आवेदन प्रणाली बन्द




नेपाल सरकार अन्तर्गतको यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्रको अनलाइन आवेदन प्रणाली बन्द गरेको छ । वैशाख १६ गतेदेखि अनलाइन आवेदन प्रणाली बन्द गरेको हो ।

कोरोना महामारी फैलिएको भन्दै विभागले आज सूचना निकालेर अनलाइन आवेदन अनिश्चितकालका लागि बन्द गरेको हो ।




विभागका प्रवक्ता लोकनाथ भुसालले अर्को सूचना प्रकाशन नभएसम्मका लागि सवारी चालक अनुमति पत्रको अनलाइन आवेदन बन्द गरिएको बताए ।



सम्बन्धित
Loading...