बन्दाबन्दीमा कालोबजारी हुन नदिन अनुगमन

बाँके । कोरोना भाइरस सङ्क्रमण रोकथामका लागि नेपालगञ्जमा जारी बन्दाबन्दीमा कालोबजारी हुन नदिन बजार अनुगमनमा कडाइ गरिएको छ । दैनिक उपभोग्य वस्तु र स्वास्थ्य सामग्रीमा कालोबजारी भएको गुनासो आएपछि नेपालगञ्ज उपमहानगरपालिकाअन्तर्गत उपभोक्ता हित संरक्षण समितिले बजार अनुगमनलाई कडाइ गरेको नेपालगञ्ज उपमहानगरपालिका उपप्रमुख उमा थापामगरले जानकारी दिए ।
उनका अनुसार, उपभोक्ता हित संरक्षण समितिले सरोकारवाला निकायसँगको समन्वयमा दैनिकरूपमा बजार अनुगमनलाई निरन्तरता दिएको छ । दैनिक उपभोग्य वस्तु, तरकारी बजार र औषधि पसलमा समेत अनुगमनको कार्य भएको छ ।
मङ्गलबार औषधि र सर्जिकलजन्य पसलको अनुगमन गर्दा केही औषधि पसलमा व्यवसायीबिनै औषधि पसल सञ्चालन गरेको पाइएपछि सञ्चालनमा रोक लगाइएको अनुगमन समितिले बताए ।