वडाध्यक्षको पहलमा निर्मित घर हस्तान्तरण




कावासोती । पूर्वी नवलपरासीको कावासोती ३ का वडा अध्यक्ष अमृत श्रेष्ठको पहलमा निर्माण गरिएको २ कोठे घर विपन्न परिवारलाई हस्तान्तरण गरिएको छ ।

कावासोती ३ सुकुम्बासी टोल निवासी पूर्णबहादुर विकलाई वडा अध्यक्ष श्रेष्ठले २ कोठे घर निर्माण गरेर हस्तान्तरण गरेका हुन् । उक्त घर एक औपचारिक कार्यक्रम गरी कावासोतीका समाजसेवी कोषराज कार्की मार्फत हस्तान्तरण गरिएको थियो ।




घर निर्माणका लागि कावासोती ९ निवासी हाल अमेरिका रहेका महेश रेग्मी (टंक) ले ५२ हजार २ सय १२ रुपैयाँ, कोषराज कार्कीले ७ सय थान ब्लक, जिल्ला रेडक्रस सोसाइटी नवलपुरका कोषाध्यक्ष ऋषि कंडेलले घरमा लगाउने टिन सहयोग गरेका थिए ।

त्यसैगरी अन्य सहयोगीहरुले पनि घर निर्माणका लागि आर्थिक तथा सामग्रीहरु सहयोग गरेका थिए ।

 



सम्बन्धित
Loading...