लकडाउन हुने भएपछि २ दिनमा काठमाडौंबाट १ लाख मानिस बाहिरिए




कोरोना महामारीका कारण सरकारले निषेधाज्ञा (लकडाउन) गर्ने भएपछि २ दिनमा काठमाडौंबाट १ लाख मानिस बाहिरिएका छन् ।

सरकारले दुई साताको लागि उपत्यकामा निषेधाज्ञा जारी गरेसँगै उपत्यकाबाट बाहिरिनेको भिड बढेको हो ।




उपत्यकाबाट मंगलबार मात्र ५१ हजारले उपत्यका छोडेको महानगरीय ट्राफिक महाशाखाको तथ्यांकमा रहेको छ ।

नागढुंगा नाकाबाट मात्र ४५ हजार ७ सय ७५, फर्पिङबाट ४५, भक्तपुर तथा मुड्कुबाट ६ हजार ३ सय ६० जना बाहिरिएका हुन् ।

यस्तै, सोमबार ५० हजारले उपत्यका छाडेका थिए। उपत्यकामा कोरोना संक्रमण बढेसँगै १० गतेबाट नै उपत्यका छोड्नेहरू बढेका थिए ।

१० गते देखि १४ गतेसम्म क्रमश : ४४ हजार ९ सय ७२, ४३ हजार ९ सय २७, ३९ हजार ४ सय ४५, ५० हजार ४ सय ५६ र ५२ हजार १ सय ९० जना गरि करिब ३ लाख जना बाहिरिएको महाशाखाले जनाएको छ ।



सम्बन्धित
Loading...