ठिमुरा पुलबाट खसेर बेपत्ता भएका दुई मजदुर मृत फेला

भरतपुर । ठिमुरा र देवघाट जोड्ने पुलको निर्माणका क्रममा पुलबाट खसेर वेपत्ता भएका दुई मजदुरहरुको शव बुधबार बिहान फेला परेको छ ।
वेपत्ता भएका सुजित माझी र श्यामबाबु पाठकको शव घटनास्थलबाट नौ सय मिटर तल ढुंगामा अड्किएको अवस्थामा फेला परेको वडा प्रहरी कार्यालय नारायणगढका प्रमुख प्रहरी निरीक्षक रघुसिंह विष्टले जानकारी दिए । शरिरमा सेफ्टी बेल्ट लगाइरहेकै अवस्थामा शव फेला परेको विष्टले बताए ।
बैशाख १२ गते पुलको ट्रस मिलाउने क्रममा ट्रससँगै नदीमा खसेर एक मजदुरको मृत्यु र दुई जना वेपत्ता भएका थिए भने ८ जना घाइते भएका थिए ।