कैलालीमा एक साता लकडाउन
जिल्ला प्रशासन कार्यालय कैलालीले जिल्लामा कोरोना भाइसर संक्रमितको संख्या बढेपछि लकडाउन गरेको छ ।
कोभिड–१९ को नयाँ भेरीयन्टका कोरोना संक्रमण फैलिँदै गएको भन्दै जिल्ला प्रशासन कार्यालय कैलालीले वैशाख १६ गते बिहान ६ बजेदेखि २२ गते राति १२ बजेसम्मका लागि लकडाउन गरेको हो ।
कोरोना रोकथाम तथा नियन्त्रणका निमित्त संक्रामक रोग ऐन २०२० को दफा २ र स्थानिय प्रशासन ऐन २०२८ दफा ६ ले दिएको अधिकार प्रयोग गरी प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले लकडाउनको आदेश दिएको सूचना अधिकारी शिबराज जोशीले जनाए ।
आदेशको पालना संघसंस्था, पेशाकर्मी उद्योगी ब्यापारी, संचारकर्मी तथा आमनागरिकलाई प्रशासनले अनुरोध गरेको छ । उल्लघंन भएको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही हुने समेत आदेशमा उल्लेख छ ।
अत्याआबश्यक सेवा बाहेकका अन्य सार्बजनिक सेवा हाललाई बन्द गरिएको छ भन खाद्य सामग्री र औषधी, स्वास्थ्य सामाग्रीका पसल मात्रै सञ्चालन हुन पाउने छन् ।
खाद्य सामग्रीका पसल बिहान ५ बजे देखि १० बजेसम्म खुल्ला रहने आदेशमा जनाइएको छ । कुनैपनि प्रकारका गोष्ठी, सेमीनार, तालिम, सिनेमा हल, पार्टी प्यालेस, स्वीमिड्ड पुल जस्ता सेवा संचालन गर्न नपाईने, बिबाह बर्तबन्धको हकमा जनस्वास्थयका सबै नियम पालना गरी बढीमा १५ जना भेला हुने गरी प्रशासनबाट पुर्ब स्वीकृत लिएर मात्रै गर्न पाइने छ ।
यस्तै नेपाल सरकारका कर्मचारी बैङ्क, बितीय संस्था र अन्य अत्यावश्यक सेवामा कार्यरत कर्मचारीले कार्यालयले जारी गरेको परिचयपत्रका आधारमा आवतजावत गर्न पाउने आदेशमा जनाइएको छ ।