बुटवलको कोरोना विशेष अस्पतालमा थप तीन जनाको मृत्यु




बुटवलको धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा आज थप तीन जना संक्रमितको मृत्यु भएको छ ।  मृत्यु हुने सवै रुपन्देहीका विरामी हुन् ।

अस्पतालका प्रवक्ता डा. विष्णु गौतमका अनुसार  बुटवल उपमहानगरपालिका–११ का ३१ वर्षीय पुरुषको कोरोना पुष्टि भएपछि वैशाख ११ गते अस्पताल भर्ना भएका थिए ।  विहान उपचारका क्रममा मृत्यु भएको हो ।




गत वैशाख ९ गते भर्ना भएका बुटवल–१४ का ६६ वर्षीय पुरुषको  पनि मृत्यु भएको  छ ।  यस्तै रुपन्देहीको जिल्लाको मायादेवी गाउँपालिका–६ की ७२ वर्षीया महिलाको मृत्यु भएको अस्पतालले जनाएको छ । तीन जना बिरामी कोभिड आईसीयूमा उपचाररत रहेको र श्वासप्रश्वासमा समस्या भएपछि मृत्यु भएको डा. गौतमले  बताए ।



सम्बन्धित
Loading...