कर्मचारीमा कोराना संक्रमण भएपछि हुप्सेकोटमा ४ दिन सेवा बन्द
कावासोती । पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकाको सेवा ४ दिनका लागि बन्द गरिएको छ ।
कार्यालयमा कार्यरत दुई जना कर्मचारीमा कोराना संक्रमण पुष्टि भएपछि कार्यालयको सेवा बन्द गरिएको गाउँपालिका उपाध्यक्ष स्वतन्त्र कोपिला मल्लले जानकारी दिनुभयो । सम्भावित संक्रमणको जोखमिलाई न्यूनीकरण गर्नका लागि कार्यलयबाट हुँदै आएको स्वास्थ्य लगायत अन्य अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको उपाध्यक्ष मल्लले बताउनुभयो । बैशाख १६ देखि १९ गतेसम्मका लागि सेवा बन्द गरिएको छ ।
गाउँपालिकाका अन्य वडाहरुबाट प्रवाह हुने सेवा भने स्वास्थ्य मापदण्ड अप्नाएर जारी राखिने जनाईएको छ ।
साथै गाउँपालिकाले संक्रमणबाट जोगिन स्वास्थ्य सर्तकता अप्नाउन सबैमा आग्रह गरेको छ ।
