वीरगञ्जमा थप एकजना कोरोना संक्रमितको मृत्यु
वीरगञ्जमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।
वीरगञ्ज महानगरपालिका–१२ का ४० वर्षीय पुरुषको बुधबार बिहान १० बजे नारायणी अस्पतालमा मृत्यु भएको कोभिड संयोजक डा. सरोजरोशन दासले जानकारी दिए ।
वैशाख १२ गते नारायणी अस्पतालमा ल्याइएका उनको एन्टिजेन परीक्षण पोजेटिभ आएको थियो ।
अस्पतालमा ६० जना संक्रमितमध्ये १० जनाको अवस्था जटिल रहेको संक्रमितको उपचारमा संलग्न डा. उदयनारायण सिंहले बताए ।