रुपन्देहीको सैनामैनामा कोरोना विशेष अस्पताल सञ्चालन
रुपन्देहीमा कोरोना संक्रमितको संख्या दैनिक वृद्धि हुन थालेपछि सैनामैनामा कोरोना विशेष अस्पताल सञ्चालमा ल्याइएको छ ।
सैनामैना नगरपालिका–१, वनकट्टास्थित पदमपाणि योग तथा प्राकृतिक चिकित्सालयको भवनमा कोभिड अस्पताल सञ्चालनमा ल्याइएको हो । सरकारीस्तरमा बुटवल धागो कारखाना र भैरहवाको भिम अस्पतलमा कोरोना संक्रमितहरुको उपचार भइरहेको छ ।
सैनामैनामा नयाँ अस्पताल सञ्चालन भएसँगै बुटवलमा बेड नपाएका बिरामीहरुको उपचारमा सहज हुने अपेक्षा गरिएको छ ।