प्राकृतिक चिकित्सालयले अझै पाएनन् कोभिडका संक्रमितलाई उपचार गरे वापत ३ करोड बढी भुक्तान




नवलपरासी । पूर्वी नवलपरासीको रजहरमा रहेको प्राकृतिक चिकित्सालय अर्थात अस्थायी कोभिड अस्पतालमा कोभिड १९ का संक्रमितहरुलाई उपचार गर्दा गरे वापत खर्च अस्पतालले अझै पाएका छैन ।

पहिलो चरणको कोभिड १९ को संक्रमण बढ्दा नवलपुरको रहजरमा रहेको प्राकृतिक चिकित्सालयलाई कोरोना अस्थायी अस्पतालाई सरकारले दिनु पर्ने ३ करोड बढी रकम भुक्तान नपाएको अस्पताल प्रशासनले जनाएको छ ।




सरकारी गाइडलाइन अनुसार प्रति विरामी एक दिनको ३५ सय खर्च दिने भने प्रावधान अनुसार अस्पतालले ४ करोड ८१ लाख ५६ हजार पाउनु पर्नेमा गण्डकी प्रदेश सरकारबाट विभिन्न चरणमा गरेर १ करोड ३ लाख ४९ हजार ३ सय ९७ रुपैयाँ भुक्तान पाएको छ । सरकारी गाइडलाइन अनुसार रहजर प्राकृतिक चिकित्सालले अझै ३ करोड ७८ लाख १६ हजार ६ सय ३ रुपैयाँ भुक्तान पाउन बाँकी रहेको छ ।

रहजरको प्राकृतिक चिकित्सालयले ७ सय ८७ जना विरामी र कुरुवा सहित गरी ७ सय ८९ जनालाई सेवा दिएको थियो ।

सरकारी गाइडलाइन अनुसार अस्पतालले ४ करोड ८१ लाख ५६ हजार पाउनु पर्नेमा १ करोड ३ लाख ४९ हजार ३ सय ९७ रुपैयाँ मात्र निकासी आएको अस्पतालका व्यवस्थापक हरि सापकोटाले बताए ।

पालिकाबाट संरचना निर्माणका लागि ९२ लाख

रहजरको प्राकृतिक चिकित्सालयलाई अस्थायी कोभिड अस्पतालको रुपमा विकास गर्दा यहाँको संरचना गत निर्माणका लागि ९२ लाख उपलब्ध गराएको थियो ।

अस्पताल प्रशासनका अनुसार उक्त रकम संक्रमित राख्ने कोठाहरुमा सिसीटिभी जडान, विरामी राख्ने खाट, विछ्यौना, ट्वाइलेट बाथरुम निर्माण, कोठा विभाजन आदिमा खर्च गरिएको थियो ।

संक्रमण बढे पुन प्रयोग गर्न सकिने

नवलपुरमा विहीबारसम्म सक्रिय संक्रमितको संख्या १७८ जना पुगेको छ । ति मध्ये ४ जना आइसोलशनमा रहेका र बाँकी होम आइसोलशनमै रहेको स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।

झण्ट हेर्दा तत्काल नवलपुर जिल्ला जोखिममा नदेखिए पनि संक्रमित पहिचान हुने दर भने बढ्दो छ । जसले गर्दा नवलुरमा तत्काल अस्पताल व्यवस्थापन देखि आइसोलशेन कक्ष, आइसियु कक्ष निर्माण जोड दिनु आवश्यक छ ।

नवलपुरको सीमा जोडिएको जिल्ला चितवन र नजिकैको अर्को जिल्ला रुपन्देहीमा निशेधाज्ञा जारी भईसकेको अवस्थामा नवलपुरमा पनि संक्रमण बढ्ने सम्भावनालाई मध्यनजर गर्दै रजहरको प्राकृतिक अस्पताललाई पुन आइसोलशन कक्षको रुपमा प्रयोग गर्ने सम्भावनाबीच छलफल समेत अगाडि बढिरहेको छ ।



सम्बन्धित
Loading...