चट्याङ लागेर ९ वर्षीय बालकको मृत्यु




रोल्पामा  चट्याङ लागेर  एक बालकको मृत्यु  भएको  छ । जिल्लाको सुनछहारी  गाउँपालिका  ७  ठूलो गाउँका आश बहादुर पुनका  ९ वर्षीय छोरा आशिष पुनको  चट्याङ लागेर  मृत्यु  भएको  हो । पोषण भत्ता लिन  वडा  कार्यालयमा  गएका  बेला उनको मृत्यु भएको हो ।

वडा  कार्यालयमा  पोषण भत्ता  लिन  गएका  उनको  फर्किने  क्रममा  बाटोमा  चट्याङ लागेर  बिहीवार  मृत्यु  भएको रोल्पाका  प्रहरी निरीक्षक  सन्तोष कुमार  केसीले  जानकारी  दिए  ।

 



सम्बन्धित
Loading...